कैलाली / कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-३ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
मंगलवार साँझ साेही ठाउँ गोराङ्गे स्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त ट्याक्टरमा ढुङ्गा लोड गरी जगतपुर जाने क्रममा सोही ट्यक्टरबाट शाह खसेर उनी गम्भिर घाईते भएका थिए। घाईते भएका शाहलाई उपचारको लागि लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टिकापुर अस्पताल लैजाने क्रममा शाहको बाटोमा मृत्यु भएको प्रहरी स्राेतले जनाएको छ ।
ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको कैलाली प्रहरीकाे भनाइ छ ।











