बझाङ/ बझाङकाे जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा जेसीबी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
जिल्लकाे जयपृथ्वी राजमार्ग अन्तर्गत सिमखेतमा दुर्घटना परी मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका वडा नम्बर ६ का ३० बर्षीया प्रकाश कठायत रहेकाे जिल्ला प्रहरी कार्यालयका बझाङले जनाएको छ ।
जयपृथ्वी नगरपालिकाको सु .प.प्र २४५३ नम्बरको जेसिबी सिमखेत नजिक दुर्घटना भइ करिव २० मिटर तल खस्दा चालक कठायतकाे च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरी स्राेतले जनाएको छ ।
बस पार्क बाट नगरपालिकाको कार्यालय जादैं गरेको जेसिबी राति ९ः ५ बजे स्थानीयले जिल्ला प्रहरी कार्यालयमा जेसिबी दुर्घटना भएको खबर प्रहरी लाई गराएका हुन् ।
मृतक कठायतको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको बझाङ प्रहरीकाे भनाइ छ ।











