युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला डाेटी / सायल स्वास्थ्य भवनकाे विषयलाई लिएर बजारमा निकै हल्ला चलिरहेकाे थियाे । ‘हल्ला थियाे स्वास्थ्य भवनका ठेकेदार ८४ लाख लिएर भागे’ दाेस्राे दिन एकबिहानै चिया पसलमा गए फेरि त्यहाँ पनि त्यहीँ कुरा चलिरहेकाे थियाे । त्याे दिन सामाजिक सञ्जालमा उक्त स्वास्थ्य भवनकाे विषयमा तस्बिरसहितकाे एउटा लेख आयाे । उक्त लेख पढे । घटनाकाे विषयमा बुझ्दा डाेटीकाे सायल गाउँपालिका वडा ४ मा स्वास्थ्य भवनकाे लागि भनेर संघिय सरकारबाट ९ कराेड बजेटकाे टेन्डर भएछ । उक्त भवन निर्माणकाे लागि वि स २०७८ साउन महिनाकाे २० गते ‘टिबिआर कन्ट्रक्सन प्राली’ नामक कम्पनीसँग सम्झौता पनि भएछ । फिल्ड निर्माण गाउँपालिका र वडा सरकारले मिलेर गर्ने तर स्वास्थ्य भवन ठेकेदार कम्पनीले गर्ने निर्णय पनि भएकाे रहेछ । स्वास्थ्यका नयाँ भवन निर्माणकाे लागि पुराना २ वटा भवन पनि भत्काएर भवन निर्माण भनी फिल्ड निर्माण कार्य सम्पन्न भएछ ।

‘टिबिआर कन्ट्रक्सन प्राली’ का ठेकेदार गाेकर्ण शाहले भवन निर्माणकाे काम सुरू गर्नकाे लागि पहिलाे किस्ता ८४ लाख पेस्की पनि लिएका रहेछन् । पेस्की लिएर ठेकेदार शाह सम्पर्क विहीन पनि भएका रहेछन् । समय बित्दैजाँदा भवन बन्ने कुनै ठेगान नरहेछ ।

घटनाकाे विषयमा हामीले गाउँपालिका अध्यक्ष धर्मराज जाेशीसँग यति कुरा बुझी सकेपछि समाचारलाई तथ्यपरक बनाउनकाे लागि केही कुरा कमि भएकाे महसुस गरियाे । त्यसपछि गाउँपालिकाकाे प्रशासनीक कर्मचारीसँग बुझ्ने प्रयास गरियाे । तर सायल गाउँपालिका प्रशासनिक कर्मचारीसँग स्वास्थ भवनकाे विषयमा बुझ्न खाेज्दा पत्राचार गरेकाे तिथि मिति लगायतका अभिलेखहरू केही पनि उपलब्ध भएन । सूचना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका व्यक्तिहरूले बाहाना गरे ।

गाउँपालिकालाई सूचना माग्न गरिएकाे संघर्ष

हामीले समाचारलाई अझै तथ्यपर बनाउनु थियाे । सायल गाउँपालिका सुचना अधिकारीलाई पटकपटक फाेन गर्दा सम्पर्क हुन नसकेपछि यस विषयमा हामीले विस्तृत बुझ्न खाेज्दा गाउँपालिकाकाे वेबसाइट भिजिट गर्याैँ । उक्त वेवसाइडकाे कर्मचारी विवरणमा जाँदा प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर साफरी भेटियाे । उहाँसँग हामीले सम्पर्क गर्दा उहाँलाई स्वास्थ्य भवनकाे ठेक्का सम्झौता उपलब्ध गराइदिनु पर्याे भन्दा सम्झौता मिति बाहेक अन्य पत्राचार गरेकाे मिति दिएनन ।

केही घण्टापछि यसबारेमा अझै बुझ्न खाेज्दा प्रमुख साफरीले भने म केही हैन बाकी कुरा दिन मिल्दैन भन्दै ठेकेदारलाई दिएकाे अन्तिम पत्रचार मिति २०८०/०९/०१ गते हाे भन्दै इन्जिनियरकाे नम्बर छ नम्बर दिन्छु भनेर उहाँसँग कुरा गर्नुहाेस् भन्दै फाेन राख्न भ्याइहाले ।

वेबसाइट मार्फत भिजिट गर्दा ‘ राेशन ओझा नाम इन्जिनियरकाे नम्बर प्राप्त भयाे । उहाँसँग पहिलाे पटक कुरा गर्दा उक्त आवश्यक अभिलेख म प्राप्त गराइदिन्छु भन्ने । तर केही घण्टा पछि फाेन गर्दा म बाहिर छु मलाई थाहा छैन इन्जिनियर ओझाले भने ।

फेरि प्रमुख प्रशासकीय अधिकृत भएकै नाताले हामीले फेरि हर्क साफरीसँग कुरा बुझ्न खाेजे तर उहाँले भन्नू भयाे दराजमा छ म खाेजेर दिन्छु सबैकुरा । तर केहि घण्टापछि फाेन गर्दा उहाँको फाेन उठेन । उहाँले अबअब भन्दै हामीले कार्यालय समय वितेकाे पनि पत्तै पाएनौं ।

दाेस्राे पटक पालिका अध्यक्षसँग फाेनमा भएकाे कुराकानी

दाेस्राे पटक गाउँपालिका अध्यक्ष धर्मराज जाेशीलाई हामीले फाेन गरेका थियाैँ। पटकपटक फाेन गरेपछि मात्र १ पटक फाेन उठ्न सफल भयाे । हुन त के कुरा गर्नु । पहिलाे दिन १० पटक फाेन गरेपछि मात्र बल्ल ११ ओै पल्ट अध्यक्ष जाेशीकाे फाेन उठ्न सफल भएकाे हाे । हामीले अध्यक्षलाई भनेका थियाैँ गाउँपालिका कर्मचारीले चाहिएकाे सूचना दिएनन् हजुर !! सुचना अधिकारीलाई फाेन गर्नु हाेस् । हाम्राे जवाफ सूचना अधिकारीलाई फाेन लागेन, फाेन लागेपछि उठेन । त्यति भन्दै अध्यक्ष जाेशीले भने तपाईं कहाँ हुनुहुन्छ ? मेराे जवाफ सिलगढी । उहाँले भन्नू भयाे गाउँपालिका गएपछि मात्र सबैकुरा दिन मिल्छ, फाेन मार्फत दिन मिल्दैन् । फेरि अध्यक्ष जाेशीले कुरा थपि हाल्नुभयाे “सिलगढी भन्नू हुन्छ म धनगढीकाे यात्रामा छु नजिकै त हाेनी सायल गाउँपालिका, पालिकामा जानुहाेस् । म वाल्ल नै परे । उहाँ मार्फत फाेन कट भयाे ।

दाेस्राे दिन प्रमुख प्रशासकीय अधिकृतसँग गरेकाे कुराकानी

दाेस्राे दिन कुरा बुझन् खाेज्दा प्रमुख प्रशासकीय अधिकृत साफरीले भने म प्रमुख हैन मैले दिन मिल्दैन, केन्द्रबाट अर्काे मान्छे पठाएकाे छ । हामीले भनेउ यतिन्जे तपाईंकाे हातबाट भएकाे विवरण अथवा अभिलेख हाे नी सर उपलब्ध गराइपाउ भन्दा उहाँले भन्नू भयाे ४ बजेपछि म तपाईंलाई आफै फाेन गर्छु । मध्याह्न १२ बजे देखिकाे पर्खाइ बेलुकि ४ बजेसम्म निकै लामाे भयाे । त्यसपश्चात फाेन नआएपछि करिव ५ बजे प्रमुख साफरीलाई पटकपटक फाेन गर्न खाेज्दा बेस्त भन्याे । केहि घण्टाकाे अन्तरालपछि अझ फाेन गर्न खाेज्दा बेस्त भन्या याे कुरा सावित भयाे कि नम्बर बल्याकलिष्टमा राख्न समेत भ्याएछन् प्रमुख प्रशासकीय अधिकृत साफरी ।

स्थानीय व्यक्तिका अनुसार स्वास्थ्यले अहिले टिनकाे छाना मुनी सुत्केरीलाई सेवा दिइरहेकाे छ ।

नेपालकाे संविधानकाे धारा २७ र सूचना हक सम्बन्धी ऐन २०६४ काे दफा ७ काे उपदफा १ बमोजिम समाचार प्रकाशन तथा प्रसारण प्रयाेजनका लागि सरकारी कार्यालयबाट सूचना पाउने व्यवस्था रहेकाे छ । तर सायल गाउँपालिकासँग सूचना माग्दा अटेरी तथा कन्जुस्याइँ गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय