
धनगढी / सुदुरपश्चिम प्रदेशमा रहेका तिन ओटा प्रयोगशालाहरुमा शनिवार भएको परिक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार चार सय ३४ पुगेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ३ सय ६८ जनाको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै डडेल्धुरा प्रयोगशालामा १ सय ५२ जनाको परिक्षण भएकोमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने डोटीको प्रयोगशालामा १ सय २४ जनाको परिक्षण भएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको सम्वन्धीत प्रयोगशालाहरुले जानकारी दिएको छ ।
गएको २४ घण्टामा प्रदेशको कञ्चनपुरका १२, कैलालीका ८, डोटीका पाँच, डडेल्धुराका २ र अछामका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कुल संक्रमितहरु मध्ये ५ हजार ४ सय जना डिस्चार्ज भएका छन् भने प्रदेशभरमा १४ जनाको मृत्यु भइसकेको छ ।