काठमाण्डौ / लगातार एक हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टीले शनिबार पनि निरन्तरता पाएको छ ।
देशभरमा शनिवार गरिएको परिक्षणमा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा उक्त संख्यामा नयाँ कोरोना संक्रमित भेटीएका हुन् भने यो संगै मुलुकभर कोरोना भाईरसको संक्रमण हुनेहरुको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
गएको २४ घन्टामा मुलुकभरबाट ८ सय ५२ जना कोरोना संक्रमण डिस्चार्ज भएका छन् । यो संगै कोभिड जित्नेको संख्या ३७ हजार ५ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।