मनमाेहन ठकुल्ला, डाेटी
डाेटीकाे शिखर नगरपालिका १० बनलेक स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर गरिएकाे छ ।
सनिवार सुजङ्ग अस्पताल राजपुर डोटीको प्राबिधिक सहयोग तथा सुजङ्ग स्कुल राजपुरको आर्थिक सहयोगमा १ दिने नि:शुल्क बिशेषज्ञ स्वास्थ्य गरेकाे आयाेजकले जनाएको छ। 
बरिष्ठ अप्रेसन बिशेषज्ञ डाक्टर शुभाष थापामगर, हड्डी तथा नशारोग बिशेषज्ञ डाक्टर बुद्धिराज गरुङ र जनरल फिजिसियन डाक्टर राजमणि यादवद्वारा विभिन्न राेहरूकाे शिविरमा नि:शुल्क उपचार तथा परामर्श सेवा दिइएकाे सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
सुजङ स्कुलका निर्देशक नरेश बलायरका अनुसार बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म उक्त १ दिने शिविर सञ्चालनमा जम्मा ३ सय १ जना बिरामीले सेवा लिएका छन् । जसमध्ये महिला २ सय २७ रहेका छन् भने पुरूष ७३ जना रहेका छन् ।
त्यसैगरी विभिन्न राेगहरूकाे सन्दर्भमा हड्डी तथा नसा राेग सम्बन्धी १ सय ३९ जनाले सेवा लिएका छन् भने ग्याष्ट्रिक तथा अन्य राेग सम्बन्धी १ सय २३ जनाले सेवा लिएका छन् । ३८ जनाले महिला राेग र भिडियो एक्सरे सम्बन्धी सेवा लिएकाे निर्देशक बलायरले बताए । त्यस्तै १३ जना महिलाले पाठेघर सम्बन्धी जाँच सेवा लिएकाे जाानकाारी दिएकाे छ ।
यसरी सम्पूर्ण राेगकाे तुलना गर्दा हड्डी तथा नसा राेग र ग्याष्ट्रिक सम्बन्धीका उक्त क्षेत्रमा बढी बिरामी भेटिएकाे बरिस्ठ चिकित्सकहरूकाे भनाइ छ ।
स्वास्थ्यकाे पहुँच भन्दा टाढा रहेका यस क्षेत्रका स्थानीयले शिविर सञ्चालन हुँदा खुसी व्यक्त गरेका छन् । घर आगनमै नि:शुलक स्वास्थ्य शिविरबाट सहजरूपमा स्वास्थ्य सेवा लिन पाउँदा खुसी व्यक्त गरेका छन् ।
स्वास्थ्य संस्थाकाे पहुँच भन्दा टाढा रहेका जेष्ट नागरिक, गरिब, अशक्त लगायतका बिरामीलाई लक्षित गरी संयुक्त शिविर सञ्चालन गरेकाे सुजङ स्कुलका निर्देशक नरेश बलायरले बताए । बलायरले भने ” स्वास्थ्य ठूलाे कुरा हाे, भाैगाेलिक विकटता तथा अन्य विविध कारणले स्वास्थ्य संस्थाकाे पहुँच भन्दा अलि टाढा रहेका व्यक्तिहरूलाई नि: शुल्क स्वास्थ्य सेवा दिई स्वास्थ्यमा याेगदान दिने हाम्रो लक्ष्य हाे ।” 











