मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा जिपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन् ।
घाइते हुनेमा डडेल्धुराकाे अजयमेरू गाउँपालिका वडा नम्बर २ राेलाका नेपाल प्रहरीका सहायक हवल्दार गम्भीर सिं साहु रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार जिपबाट खसेर साहुकाे दाहिने हातकाे दुई ठाउँमा चाेट लागेकाे छ । उनकाे जिल्ला अस्पताल डाेटीमा उपचार भैरहेको श्रीवास्तवले जानकारी दिएकाे छ । साहुकाे अबस्था सामान्य खालकाे रहेकाे भन्ने बुझिएकाे छ । सनिवार करिव सवा ४ बजेकाे समयमा साहु जिपकाे पछाडिबाट सडकमा खसेका जानकारी दिएकाे छ ।
जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना सवार बाेकेर पूर्वीचाैकी साझघाट जाँदै गरेकाे से १ ज ७७३ नम्बरकाे जिपबाट सहायक हवल्दार साहु पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा खसेका हुन् । जिपमा अन्य १४ जना सवार सकुशल रहेका छन् ।
जिप र चालक पूर्वीचाैकी गाउँपालिका ३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएकाे प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिएकाे छ । चालक नेगीलाई जिल्ला प्रहरी कार्यालय डाेटीकाे प्रहरी हिरासत कक्षमा राखिएकाे छ । चालकले मादक पदार्थ सेवन गरेर गाडि चलाइएकाे पाइएकाले घटनाबारे थप अनुसन्धान भैरहेको श्रीवास्तवले जानकारी दिएकाे छ ।
सहायक हवल्दार साहु ईलाका प्रहरी कार्यालय दिपायल सिलगढी नगरपालिका वडा न ८ अबस्थित लडागडामा कार्यरत रहेका छन् ।











