डाेटी / शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परि मृत्यु भएका विरेन्द्र शाह डाेटीकाे नभई अछाम चाैरपाटीकाे भएकाे पुष्टि भएकाे छ ।
अछामको चौरपाटी गाउँपालिका-१, सिउडी स्थायी बसाेबास भएका २३ वर्षीय वीरेन्द्र शाह आफु विदेश जाने भन्दै वृद्ध अवस्थाका बुवाआमा संग विदा लिई काठमाण्डाै गएका थिए ।
अछामकाे सिउडी माविबाट २०७८ मा कक्षा १२ सम्मको अध्ययन गरेका वीरेन्द्रले डडेलधुराबाट भेटनरी जेटिए विषयमा अध्ययन पूरा गरेकाे परिवारिक स्राेतले बताएका छन् । आफुले पढेकाे विषयमा नेपालमा जागिरकाे सम्भावना नदेखेपछि आर्थिक अवस्था समेत कमजोर भएका शाह कोरियाको सपना वाेकेर काठमाण्डाै पुगेका थिए ।
२ वर्षअघि उनी काठमाडौंमा बस्दै काेरिया भाषाकाे अध्ययन गरि रहेका थिए । शुक्रबार भएकाे घटनामा परि उनले ज्यान गुमाएका मात्र छैनन् परिवारकाे आशा भराेसा सबै टुटेकाे छ । शरीरको एक भागमा प्यरालाइसिस भएर थन्किएका विरेन्द्रका बुवा टेकबहादुर शाह, उनकाे आमा मात्र नभई पुरै गाउँ नै अहिले शाेकमा डुबेकाे छ ।











