युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी/ जिल्ला समन्वय समिति डाेटीका प्रमुख लक्ष्मण बहादुर सिंहले फलामकाे चिउरा चपाउनु र हलियाका समस्या समाधान गर्नु एउटै भएकाे बताएका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज डाेटीकाे जिल्ला सम्मेलन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सिँहले कार्यक्रमलाई सम्वाेधन गर्दै यस्ताे बताएका हुन् । सिँहले सम्वाेधनका क्रममा भने – “हलियाहरूले एक जुट भएर आफ्नाे न्यायकाे लागि आन्दोलनमा उत्रिन आवश्यक छ ।” उनले गरिबलाई नभएर पहुँचवालालाई मुक्त हलियाकाे परिचयपत्र वितरण गरिएकाे आराेप समेत लगाए । त्यस्तै बाेल्ने क्रममा सिँहले आगामी दिनहरूमा जसले हलियाको परिचयपत्र पाउने पर्ने हाे त्यस्ता व्यक्तिलाई पहिलाे प्राथमिकतामा राख्न आवश्यक रहेकाे समेत बताए ।

“मयादित जीवन, न्यायिक पुनस्र्थापना, हामी सबैको सरोकार, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा मुक्त हलियाको अधिकार” भन्ने मुलनारा सहित संचालित कार्यक्रममा बाेल्दै विशिष्ट अथिति समेत रहेकी जिल्ला समन्वय उपप्रमुख स्मृति चुनाराले हलिया बदनाम भएकाे संस्था भएकाे आराेप लगाईन् । चुनाराले भनिन् – “हलिया बदनाम भएकाे संस्था हाे । जुन कुराकाे समस्या हुनुपर्थ्याे त्याे कुराकाे समस्या समाधान हुन सकेकाे छैन ।”

उक्त कार्यक्रममा हलियाका समस्या समाधान हुन नसकेकाे कुरा व्यापकरूपमा उठेकाे थियाे । हलियाकाे मुद्दालाई राजनीतिक कारण गरिएकाे, मुक्त हलियाकाे वर्ग छुट्याउनमा विभेद गरिएकाे आराेप समेत सहभागीहरुले लगाएका थिए । उक्त कार्यक्रममा वाेल्दै शिखर नगरपालिका वडा नं. ६ कि नरपता देवी लुवारले भनिन् – “जसकाे घरद्ववार छैन उसैलाई पछि पारिएकाे छ । जसकाे जग्गा छैन्, खानलाउनलाई धाैधाै परेकाे छ उसैलाई पछाडि पारेकाे छ ।” उनले दुखेसाे गरिन् ।

राष्ट्रिय मुक्त हलिया समाज नेपाल डाेटीले दिएकाे तथ्यांक अनुसार जिल्लामा मुक्त हलिया पुनःस्थापना अबस्था नियाल्दा मुक्त हलियाकाे संख्या १ हजार ३ सय ३५ रहेकाे छ । त्यस्तै १ हजार २ सय १० जनाले परिचयपत्र पाएका छन् । जग्गा खरिद २ सय १५ जनाका लागि गरिएकाे छ भने घर निर्माण २ सय ९८ काे गरिएकाे छ । त्यसैगरी ८ सय २५ जनाकाे घर मर्मत गरिएकाे छ । हालसम्म पुर्नःस्थापना भएकाे हलिया बस्तीकाे संख्या १ हजार १ सय २३ रहेकाे छ । तर ८७ जना मुक्त हलियाले परिचयपत्र प्राप्त गरेकाे भएपनि कुनै सेवा सुबिधा नपाएकाे तथ्यांकमा उल्लेख गरिएकाे छ ।

सम्मेलनकाे कार्यक्रम पुर्व सिलगढीकाे इन्द्रचाेकबाट शुक्रवार विहान ११ बजे आयाेजना गरिएकाे र्‍यालीले बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिकाे सभाहलमा पुगेकाे थियाे । राष्ट्रिय मुक्त हलिया समाज नेपाल डाेटीका अध्यक्ष बजिर सिं नेपालीकाे अध्यक्षतामा संचालन भएकाे उक्त सभामा बाेल्दै अध्यक्ष नेपालीले हिजाेका दिनमा कमिकम्जाेरी भएकाे बताएका छन् । उनले भने- जसकाे घरमा राेजगारी छ, जाेसँग जग्गा जमीन छ त्यसकाे घरमा हलिया परिचयपत्र वितरण गरिएका समेत पाईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय