
किरण धामी / जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोशाला ईन्चार्ज शौरव श्रेष्ठले दिनु भएको जानकारी अनुसार शनिबार एक सय २४ जनाको नमुना परिक्षण गरिएकोमा डोटीका ५ र अछामका एक जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा डोटीको के आई सिंह गाउपालिकाका एक महिला, एक पुरुष जिल्लाकै सायल गाउँपालिकाका एक पुरुष र दुई महिला रहेका छन । त्यस्तै अछाम जिल्लाको रामारोशन गाउँपालिका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।