मनमाेहन ठकुल्ला सिलगढी / डाेटीमा एकमहिना पहिले भएकाे ३० बर्षिया समीर भट्ट मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जनालाई पूर्पक्षका लागि कारागार चलान गरेसंगै भट्टकाे शव आफन्तले बुझेका छन् ।
पुर्पक्षका लागी कारागार चलान हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का राम विष्ट, देवराज भट्ट र लक्ष्मण विष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
पक्राउ परि अनुसन्धानमा रहेका ३ जनालाई बुधबार पूर्वपक्षका लागि कारागार चलान गरे संगै दिपायल सिलगढी नगरपालिका वडा नं. ५ पुन्नाका समिर भट्टका शव बिहिवार उनका आफन्तले बुझेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताए ।
समिरकाे हत्या भएकाे दावी गर्दै आएका आफन्तले दाेषि माथि कार्वाहि नभए सम्म शव नबुझ्ने बताउदै आएका थिए । तीन जनालाई पुर्पक्षका लागी कारागार पठाए संगै उनका आफन्तले शब बुझेका हुन् । भट्टकाे शब एक महिना देखी जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको थियो । भट्टकाे आज सेती नदिमा दाहसंस्कार भएकाे पारिवारिक स्राेतले जनाएको छ ।