बैतडी / बैतडीमा बदेलको आक्रमणबाट एक पुरूष घाइते भएका छन् ।
बुधबार साँझ ५ बजे बदेलकाे आक्रमणमा परी घाइते हुनेमा मेलौली नगरपालिका-२ का अन्ताजी ३५ वर्षीय राम बहादुर चन्द रहेकाे स्थानीयले जनाएको छ । घाइते चन्दकाे खुट्टा र शरीरका विभिन्न भागमा चाेटपटक लागेकाे छ । उनकाे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा रेफर गरिएकाे छ ।
साेही ठाउँ स्यालढुङ्गा भन्ने गाउँमै बदेलको बथानले चन्दलाई आक्रमण गरेकाे हाे । स्थानीयका अनुसार मेलौली नगरपालिका वडा न २ र ३ बदेलले आतंकित बनाएको क्षेत्र हो ।











