सिलगढी / हाल नेपालकाे कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेकाे छ । दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेकाे छ। राति कोशी र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।











