बाजुरा / बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ अबस्थित एक घरमा आगलागी भएकाे छ । मङ्गलवार बिहान साेही ठाउँ किम्नीका रामबहादुर बुढाको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आगलागी भए लगत्तै स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। उनको घरमा भने पूर्ण क्षति भएको र घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट हुँदा १८ लाखसम्मको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति एको छैन।
बुढाको घरमा विद्युत् लाईन सट भएर आगलागी भएको हाे । खाना पकाउने क्रममा विद्युत् लाईन सट भएर घरमा आगलागी भएको प्रहरी स्राेतले जनाएको छ ।











