कैलाली / कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतवार साँझ दुर्घटना हुँदा कैलारी गाउँपालिका ९ गदरियाका ४३ वर्षीय रतीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हाे ।
भजनी नगरपालिका ७ हिम्मतपुर स्थित हुलाकी सडक–खण्डमा सु.प.प्र ०१००११ प ८०४० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना हाे ।
घटनाबारे थपअनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।











