युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, सिलगढी
डाेटीमा १४ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिन आकाशे पानीकाे भरमा रहेकाे छ ।

कृषि ज्ञान केन्द्र डाेटीले दिएकाे सूचना अनुसार जिल्लाभर १४ हजार २ सय १९ हेक्टर जमिन आकाशे पानीकाे भरमा रहेकाे छ । कुल खेतीयोग्य जमिन ३२ हजार,२ सय ७६ हेक्टर रहेकाे छ भने २५ हजार ५ सय जमिनमा मात्रै खेति गरिएकाे छ । जसमध्ये कुल सिँचाइ गरिएकाे ११ हजार २ सय ८१ हेक्टर जमिन रहेकाे तथ्यांकमा उल्लेख गरिएकाे छ । कुल सिचित जमिन मध्य ९ हजार ५ सय २१ हेक्टर जमिनमा वर्षभरी सिचाइ गरिएकाे पाइएकाे छ भने आंसिक सिचित जमिन १ हजार ७ सय ६० हेक्टर रहेकाे कृषि ज्ञान केन्द्र डाेटीले जानकारी दिएकाे छ ।

आकाशे पानीकाे भरमा सिँचाइ गर्न कठिनाइ भएपछि प्रायः जमिन बाँझाे रहेकाे छ । खेतीयोग्य जमिनमा पनि पानीकाे समस्याले हिँउदमा आकाशे पानी नपर्दा बाँझो रहने गरेकाे किसानहरूले बताएका छन् । सिचाइ युक्त जग्गाजमिनमा लाग्ने नजिकका पानीका स्राेत सुक्दै गएपछि जमिन बाँझो राख्नु परेकाे पूर्वीचाैकी गाउँपालिका २ का कालू सि ठकुल्लाले बताए । पुराना कुलाका मुहान तथा नहर सुक्दै जाँदा सिँचाइ ह्वात्तै घटेकाे उनले बताएका छन् । पहिले खेति गरिने जमिनमा आकाशे पानी नआएपछि बाँझाे रहने गरेकाे शिखर नगरपालिका ११ अन्दाेगराका कृष्णराम बलायरले बताए ।

कृषि क्षान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगा दत्त अवस्थीका अनुसार जिल्लामा हाल कृषि पेशामा ८१.०० प्रतिशत जनसंख्या आत्मनिर्भर रहेकाे बताए । वर्षेनी सिँचाइकाे माग बढ्दै गए पनि सिचाइकाे स्राेत घट्दै गएकाे निमित्त प्रमख अबस्थीले बताए । अबस्थीले भने ‘ सिँचाइकाे माग गर्ने किसानहरू बढे पनि बाढीपहिरो, राेड खन्ने प्रवृत्तिले पानीका मुहान सुक्दै गएकाे अवस्थीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय