कञ्चनपुर / कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ मा ट्याक्टरको ठक्करबाट ६ वर्षका बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बैतडीको दोगडा केदार गाउँपालिकाका ६ वर्षका लव चन्द रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चन्दको शनिवार साँझ सिसैयामा से १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट घटनास्थलमा मृत्यु भएको हाे ।
उनी कञ्चनपुरमा मामाको घर आएका थिए। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १० नयाँ गाउँका ४५ वर्षीय ट्याक्टर चालक रामबहादुर खुनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।











