कैलाली / कैलालीकाे गौरिगंगा नगरपालिका–६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन।
सु प प्र ०३००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका–४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार र कार चालकलाई नियन्त्रणमा लिएको छ ।











