मनमाेहन ठकुल्ला, सिलगढी
सामुदायिक विकास मञ्च (सिडिएफ) डाेटीकाे वार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
शुक्रबार सिलगढीमा एक ओैपचारिक कार्यक्रमकाे आयोजना गरी केएनएच नेपाल, गुड नेभर्स इन्टरनेशनल नेपाल, आइपास नेपाल, कारितास नेपाल, र सिडिएफद्वारा संयुक्त साझेदारीमा सञ्चालित विभिन्न परियाेजनाहरूकाे गत आर्थिक वर्ष २०७९/०८० काे बार्षिक प्रगति विवरण प्रस्तुत गरिएकाे हाे ।
संस्थाले समुदाय स्थरमा ‘एकीकृत सामदायिक विकास परियाेजना’ ‘बाल संरक्षण तथा बाल अधिकार प्रबर्द्धन परियाेजना’ ‘नयाँ आशा परियाेजना’ ‘सुरक्षित गर्भपतन सुदृढीकरण’ ‘सामुदायिक उत्थानशिलता सुदृढीकरण’ गरी ४ वटा परियोजनाद्वारा लक्ष्य अनुसार काम गरेकाे प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
एकीकृत सामुदायिक विकास परियाेजना अन्तर्गत गत आर्थिक वर्षमा संस्थाले दिपायल सिलगढी नगरपालिका ८ लडागडा, पूर्वीचाैकी गाउँपालिका ७ पाेखरी र शिखर नगरपालिका ३ देखि ७ वडामा गुड नेभर्सकाे सहयाेगमा काम गरेकाे छ । जिविकाेपार्जन – आय आर्जन परियाेजना अन्तर्गत समुदाय स्थरमा उद्यमशिलता विकास गर्ने हेतुले काम गरेकाे छ ।
‘बाल संरक्षण तथा बाल अधिकार प्रबर्द्धन परियाेजना अन्तर्गत के एन एचकाे सहयाेगमा जाेरायल गाउँपालिकामा बाल संरक्षण र स्पाेनसरसिप सम्बन्धी काम गरेकाे छ । उक्त कार्यक्रम बाल क्लव गठन गरी बालबालिका र किशोरकिशोरीहरूलाई संरक्षण गर्न सञ्चालन गरेकाे प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै ‘नयाँ आशा परियाेजना’ सर्भिस फ्रेन्ड्स ईन्टरनेशनलकाे साझेदारीमा १३ जना एचआईभी संक्रमित बालबालिकालाई मासिक ३ हजारकाे दरले सहयाेग गर्दै आएकाे छ ।
‘सुरक्षित गर्भपतन सुदृढीकरण परियाेजना’ अन्तर्गत आइपास नेपालकाे साझेदारीमा संस्थाले के आई सिह गाउँपालिकामा स्थानीय अनुकुल कार्ययोजना निर्माण मृख्य क्रियाकलापकाे रूपमा काम गरेकाे छ ।
संस्थाले विभिन्न परियाेजना मार्फत काम गर्दै आएका क्षेत्रका बासिन्दाले खुसी व्यक्त गरेका छन् । कृषि , सहकारी लगायतका क्षेत्रमा लगानी वृद्धि हुँदा गएकाे सहभागीहरूकाे भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका उप-प्रमुख कालावती साँउद महरका अनुसार संस्थाले गरेका काम प्रति खुसी व्यक्त गर्दै अन्धविश्वास युक्त समाज परिवर्तन गर्नमा ठूलाे भूमिका खेलेकाे बताइन् । संस्थाले महिलाकाे क्षमता विकास गर्दा महिलाहरूले अग्रसर हुने माैका पाएकाे उप-प्रमुख साउदले बताएकी छन् ।
जहाँ नेपाली समुदायलाई आपत विपत पर्छ सामुदायिक विकास मञ्च त्यहाँ पुग्ने गरेकाे सिडिएफ अध्यक्ष खडकराज शर्माले बताए । संस्थालाई अगाडि बढाउन सम्पूर्ण निकायकाे अपेक्षा राखेर बताएका छन् । शर्माले कार्यक्रममा बाेल्दै भने ‘ राजनीति भन्दा पनि कामलाई प्राथमिकता राख्ने संस्था हाे’











