कैलाली / कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाका
३१ वर्षीय सुरेश बुढामतवाला रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बिहीबार दिउँसो पक्राउ गरिएकाे हाे ।











