कैलाली / कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरीका पूर्व सई मदन धामीलाई पक्राउ गरिएकाे हाे । धामीलाई अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको थुनुवा कक्षमा राखिएको छ।











