कैलाली / कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उप-महानगरपालिका – ५ की ५ वर्षीया शान्ति भट्टको रहेकाे कैलाली प्रहरीले जनाएको छ । भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनकाे हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिएकाे हाे । ठक्कर पश्चात् धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हाे ।
बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ। ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।











