मनमाेहन ठकुल्ला, सिलगढी,
डाेटीकाे पूर्वीचाैकी गाउँपालिकाका सूचना अधिकारी गगन भण्डारीले प्रमाणित गरि संचार माध्यमलाई उपलब्ध गराएकाे सूचना गलत भएकाे उक्त गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले दावी गरेका छन् ।
गत वर्ष कार्तिक २३ खप्तड छेडेदह केन्द्रबिन्दु भएर डाेटीकाे पूर्वीचाैकी गाउँपालिकामा एकाएक भुकम्प गयाे । मध्यराती २ बजेर १२ मिनेटकाे समयमा ६.६ म्याग्निट्यूडकाे भुकम्प जाँदा गाउँपालिकाकाे वडा न ३ गैरागाउँमा मानविय तथा भाैतिक क्षति पनि हुन गयाे । त्यस्तै गाउँपालिकाकाे अन्य वडाका पनि थुप्रै स्थानमा पूर्ण तथा आंसिक रूपमा भाैतिक क्षति भयाे । भुकम्पकाे पीडा मलम लगाउन केही सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय, राजनीतिक दल, जनप्रतिनिधिद्वारा राहत तथा उद्वार कार्य सुरु भयाे। केहि सरकारी तथा गैरसरकारी संघसंस्थाहरु तत्काल पिडितकाे घाउमा मलम लगाउन भनी तत्काल त्यहाँ पुगेर राहत वितरण समेत गरे ।
भुकम्प पिडितकाे लागि राहत भनेर काठमाडौं महानगरपालिका लगायत अन्य स्थानिय तहहरु सहित, विभिन्न संघसंस्था, दातृ निकाय, राजनीतिक दल, स्वदेश तथा विदेशमा बस्ने नेपालीद्वारा राहत आयाे । केहि निकायले प्रभावित बस्तिमा गएर नै सहयाेग गरेका थिए भने केही निकायले राहत भनेर गाउँपालिकालाई बुझाएका थिए ।
लामाे समय सम्म पनि भूकम्प पिडितका पिडाहरू यथावत् रहँदा हामीले गाउँपालिकासँग भुकम्प पुनःस्थापन तथा राहत सम्बन्धी सूचना माग गर्याै ।सूचना माग गरेकाे करिव एक महिनापछि मात्र हामीलाई गाउँपालिकाले सूचना उपलब्ध गरायाे । तर हामिलाई उपलब्ध गराएकाे सूचना गलत, झुट्टा सुचना भएकाे उक्त गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए । बिनाशकारी भुकम्प पछिकाे पुनस्थापन तथा राहत सम्बन्धी समाचार सम्प्रेषणका लागि सूचना माग गर्दा हामीलाई अधिकारीले उपलब्ध गराएकाे सूचना नै गलत भएकाे दावी गरिएकाे छ ।
सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ७ काे उपदफा २ बमोजिम समाचार प्रकाशन तथा प्रसारण प्रयाेजनका लागि सूचना मागकाे व्यवस्था रहेकाे छ । उक्त ऐनलाई टेकेर हामीले गाउँपालिकालाई सूचना माग गरेका थियौँ । प्राप्त सूचनामा भुकम्प राहत सम्बन्धमा गाउँपालिकाकाे ढुवानी खर्च बाहेक अन्य खर्च नदेखिपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायसँग बुझ्दा गतल सूचना दिएकाे ठहर भएकाे हाे । सूचना अधिकारी गगन भण्डारीद्वारा हस्ताक्षर सहित प्रमाणित गरि हामीलाई उपलब्ध गराएकाे सूचनामा अन्य संघसंस्थाबाट भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण भएकाे तर गाउँपालिकाले ढुवानी खर्च बाहेक अन्य कुनै पनि क्षेत्रमा खर्च नगरेकाे उल्लेख छ ।
तर हामिलाई गाउँपालिकाका सूचना अधिकारी गगन भण्डारीले उपलब्ध गराएकाे सूचना गलत भएकाे उक्त गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताएका छन् । उपाध्यायले भूकम्प प्रभावित बस्तीमा आफ्नाे गाउँपालिकाले थुप्रै राहत वितरण गरेकाे र उक्त तथ्यकाे विवरण हामीलाइ उपलब्ध गराउने बताए, साथै उनले हामीलाई सुचना अधिकारीले उपलब्ध गराएकाे सूचना झुट्टा भएकाे दावी गरे ।
केही दिन अघि हामीले गाउँपालिका अध्यक्ष उपाध्यायसँग उक्त सूचनाकाे विषयमा बुझ्दा उनले भने- ” म काम विशेषले धनगढी आएकाे छु, त्याे सूचना गलत दिएकाे छ, गाउँपालिकाकाे तर्फबाट पनि भुकम्प प्रभावित बस्तीहरूमा थुप्रै सहयाेग गरेका छाैँ, तपाईं केही नगर्दिनु हाेस् , ढुक्क हुनुहाेस् , तपाईंलाई चाहेकाे सूचना जे जे चाहिन्छ म सबै तपाईं कै हातमा दिन्छु ।”
सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ९ काे उपदफा (२) बमोजिम जाँचबुझ गर्दा सूचना अधिकारीले जानी जानी वा बदनीयतपूर्वक सूचना नदिएको, सूचना दिन अस्वीकार गरेको वा आंशिक रुपमा सूचना दिएको वा गलत सूचना दिएको देखिएमा प्रमुखले त्यस्तो सूचना अधिकारीलाई प्रचलित कानून बमोजिम विभागीय कारवाही गर्न सक्नेछ व्यवस्था रहेकाे छ । हामीलाई उपलब्ध गराएकाे सूचना नै गलत भएकाे, झुट्टा भएकाे उक्त गाउँपालिकाका अध्यक्षकाे दावी भएपछि उनी माथि कस्ताे कार्वाहि हुन्छ हाेला ?
सरकारी पक्षबाट पुनस्थापन तथा सहयाेगको आश टुटेपछि पिडितहरु आफन्तकाे आश्रयमा पुगेका र चिसाेमा अस्थायी टहरा र पालमुनी दिन कटाउदै आएका पिडितहरु अहिले छिमेकीहरू मिलि स्राेतसाधन विना नै एकअर्काको घर आलाेपालो गरेर घर निर्माण कार्यमा जुटिरहेका प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । पुर्विचाैकीमा बढी भुकम्प प्रभावित बस्ती वडा न ३ गैरागाउँ र वडा न ५ काँडामाण्डाै लगायतका क्षेत्रका भुकम्प प्रभावित परिवारका कथा र बेथा यथावत् छन् ।











