कैलाली / सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ ।
प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार
बुधवार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २ जनामा कोरोना संक्रमण भएकाे छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा भने कोरोना परिक्षण गरिएको छैन्।











