डडेल्धुरा: डडेल्धुराकाे अमरगढी नगरपालिका–९ मा एक युवक मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बुधबार बिहान साेही ठाउँका २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन्।
उनले प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । उनी मंगलबार साँझ बजार जान्छु भन्दै घरबाट हिँडेको भन्ने बुझिएको छ । मृतक भट्ट जिल्ला सरकारी वकिल कार्यालय डाेटीमा कार्यालय सहयाेगीका रूपमा कार्यरत रहेको भन्ने बुझिएको छ। प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको जनाएको छ ।











