कैलाली / कैलालीकाे घोडाघोडी नगरपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाही रहेकाे कैलाली प्रहरीले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएकाे हाे ।
पूर्वपश्चिम राजमार्गअन्तरगत स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।











