कैलाली / कैलालीको गाेदावरी नगरपालिका २ अत्तरिया बसपार्कमा बस सञ्चालक कम्पनीका कर्मचारीहरू बिचमा झगडा भएको छ ।
मालाखेती प्रहरी कार्यालयका अनुसार साेमबार बिहान खप्तड यातायातका कर्मचारी जीतबहादुर साउँदमाथि शिवपुरी यातायातका कर्मचारी खेम साउँद र विवेक खवास मिलेर कुटपिट गरेकाे जनाएको छ ।
उक्त दिन साेही नगरपालिका २ बसन्तटोलका जीतबहादुर साउँदमाथि कुटपिट गर्दा साउँदले खेम र विवेकको विरुद्धमा मालाखेती प्रहरीमा निवेदन दिएका छन्। उनले सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा निवेदन दिएकाे प्रहरीले जनाएको छ ।
मालाखेती प्रहरीमा जाहेरी दर्ता गरिएको भएपनि इलाका प्रहरी कार्यालय, मालाखेतीले खेम साउँद र विवेक खवासलाई पक्राउ गरेको छैन। प्रहरीमा निवेदन दिएको भएपनि उनीहरू पक्राउ नपरेका पिडितकाे दुखेसो छ ।











