मनमाेहन ठकुल्ला, सिलगढी पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल ( वाक नेपाल ) डाेटीले
जिल्ला स्तरिय सरोकारवालासंग समन्वय बैठक गरेकाे छ ।
मंगलबार सराेकारवालासँग जिल्ला स्वास्थ्य कार्यालय डाेटीमा एक ओैपचारिक कार्यक्रम आयाेजना गरी एचआईभी / टिबी माइग्रेन्ट परियाेजनाकाे वार्षिक प्रगति विवरण तथा प्रतिवेदन प्रस्तुत गरेकाे हाे । यस परियाेजनाले प्रवासी नेपालीहरूलाई मुख्य लक्ष्य बनाएकाे परियाेजना संयाेजक कविता सुवेदीले बताइन् । प्रवासी दम्पतीहरूलाई गुणस्तरीय एचआईभी तथा टिबी परिक्षण र परामर्श मार्फत संक्रमितलाई उपचार पहुँच अभिवृद्धि गर्दै आएकाे संयाेजक सुवेदीले बताएकी छन्।
संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा एचआईभी / टिबी परियाेजना अन्तर्गत १ कराेड ३१ लाख ६८ हजार ८ सय ३४ बजेट सामाजिक क्षेत्रमा खर्च गरेकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ । जस अन्तर्गत गत आर्थिक वर्षमा महिला पुरूष, बालबालिका, दलित, मधेसी , अपांग, ब्राह्मण क्षेत्री लगायत लाभग्राहीहरूकाे ४० हजार भन्दा माथि रहेका छ । संस्थाले शिक्षा, स्वास्थ, जिविकाेपार्जन, विपत जाेखिम न्युनिकरण लगाएतका क्षेत्रमा काम गर्दै आएकाे संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।
वाक नेपाले परियाेजना मार्फत डाेटी र अछाम गरी सुदुरपश्चिमका २ वटा जिल्लामा काम गर्दै आएकाे छ । त्यस अन्तर्गत डाेटीका ९ वटा स्थानीय तहमध्य बढीकेदार गाउँपालिका बाहेक अन्य सबै स्थानीयतहमा परियाेजना लागू भएकाे संस्थाले जानकारी दिएकाे छ । संस्थाकाे परियाेजना जिल्लाकाे एक स्थानीय तहमा मात्र लागू नभएकाले उक्त क्षेत्रमा पनि लागू गरि ९ वटै स्थानीयतहमा परियोजना लागु गर्न सराेकारवालाहरूकाे भनाइ रहेकाे छ।
कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खड्काकाअनुसार संस्थाले कुनै पनि परियाेजना मार्फत स्थानीय तहमा काम गर्दा सम्बन्धित स्थानीय तहसँग सल्लाह गरी कार्यक्रम गर्दा प्रभावकारी हुँदै जाने बताए ।
संस्थाले स्थापनाकाल २०५४ साल देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाे छ । वाक नेपालले दिगाे जिविकाेपार्जन, स्वास्थ र दिर्घ जीवन, शिक्षा, विपद् व्यवस्थापन, सुशासन अधिकार र संरक्षण तथा संस्थागत विकास र क्षमता, अभिवृद्धिकाे क्षेत्रमा लक्षित समुदायको स्थरमा सुधार ल्याउने लक्ष्य बाेकेकाे वाक नेपाल व्यवस्थापन समिति सदस्य मीन बहादुर कुँवरले बताए ।











