कैलाली / कैलाली जिल्लाकाे लम्कीचुहा नगरपालिका–४ मा हाइसले मोटरसाईकललाई ठक्कर दिँएकाे छ ।
दुर्घटनामा मोटरसाईकल चालक लम्कीचुहा नगरपालिका–४ का ३८ वर्षीय चन्द्रप्रसाद चौधरी र मोटरसाईकल पछाडी सवार सोही नगरपालिकाका ३४ वर्षीय लेखराम चौधरी घाईते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सोमवार राति बलियास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउदै गरेको सु प प्र ०१००१ ज १५४७ नम्बरको इलेक्ट्रिक हाइसले सोही दिसा तर्फ आउदै गरेको से ३ प ६४९३ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।











