अछाम/ अछाम जिल्लाको मंगलसेन नगरपालिका–७ मा जिप दुर्घटना भएकाे छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार साेही ठाउँ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना हुँदा सवार १४ जनामध्ये १३ जना घाइते भएका छन्।
घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
एक जना भने सामान्य घाइते छन्। प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो।











