सिलगढी / हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा माैसम विभाग पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेकाे छ ।
महाशाखाका अनुसार आज( मंगलबार ) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएकाे छ । त्यस्तै तराईका केही स्थानमा हुस्सु लामेकाे छ । देशका पहाडी भूभागमा अत्यधिक मात्रमा चिसाे बढेसँगै तुवाँलो लागेकाे छ ।
आज राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। आगामी तीन दिन मौसम सामान्यतय सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।











