मनमाेहन ठकुल्ला डाेटी,
डाेटीमा बाघकाे आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका वडा न २ कुडासैन कल्लेगडा बस्ने नन्नादेवी ठकुल्लाकी १३ वर्षीय छाेरी किडि ठकुल्ला रहेकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।
आइतबार दिउँसो करिब ३ बजे साेही ठाउँ रानीढुंगा घाँस काट्न गएका बेला बाघकाे आक्रमणबाट किडी घाइते भएकी आमा नन्नादेवी ठकुल्लाले जानकारी दिएकाे छ । घाइते बालिकाको तिघ्रा र पाखुरामा गहिराे चाेट लागेकाे छ ।
बाघकाे आक्रमणबाट घाइते भएकी बालिककाे स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् जिल्ला अस्पताल सिलगढीमा ल्याएकाे थियाे । घाइते बालिकाकाे जिल्ला अस्पताल डाेटीमा टिटी खाेप नभएका कारण उपचार हुन नसकेपछि फेरि उपचारकाे लागि पुरानाे क्षेत्रीय सदरमुकाम दिपायल राजपुर अबस्थित सुजङ अस्पतालमा लगिएकाे घाइते बालिकाकी काकी गेडी देवी ठकुल्लाले बताइन् ।
त्यस्तै बाघले आक्रमण गर्दा आज (साेमबार ) साेही वडा काे टेउटे गाउँका नारद ठकुल्लाकाे १ बाख्रा मारेको उनले जानकारी दिएका छन् । उक्त बाघले आइतबारबाट उधुम मच्चाएपछि स्थानीयमा थप त्रासपूर्ण वातावरण सिर्जना भएकाे ठकुल्लाले बताए ।











