युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / सुत्केरी हुन नसकेर गम्भिर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत उद्धार गरिएको छ । जयपृथ्वी नगरपालिका –११ की ३० वर्षीया थापाको सुत्केरी हुन नसकेर पाठेघर फुटेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

सुत्केरी चेकजाँच गर्नका लागि जिल्ला अस्पताल बझाङमा पुस २८ गते आएकी थापा चेकजाँच गरि सोही दिन घर फर्किनुभएको थियो । सुत्केरी व्यथाले च्यापेपछि आइतबार जिल्ला अस्पताल बझाङमा भर्ना हुनुभएकी थापाको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने डाक्टरले सुझाव दिएपछि बिरामीका आफन्तले भने मानेका थिएनन् ।

जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख इन्द्रबहादुर शाहले भन्नुभयो, “यो समस्या आएपछि बैतडीबाट विशेषज्ञ डाक्टर बोलाएका थियौं । राति १० बजे बच्चाले दिसा खाएको थाहा भएपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सुझाव दिँदा बिरामीका आफन्तले मानेनन् । फेरि राति २ बजे बच्चाको श्वासप्रश्वासमा समस्या भई बच्चाको पेटमा नै मृत्यु भएपछि शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भएको थियो । आमाको पेट अस्वाभाविक रुपमा सुन्निन थालेको थियो । ”

वर्षेनी जिल्लामा उपचार हुन नसकेर धेरै सुत्केरीको रिफर गर्नुपर्ने अवस्था छ । जिल्लामा २५ शय्याको अस्पताल भए पनि दक्ष जनशक्ति र आधुनिक उपकरण नभएर जिल्लामा धेरै सुत्केरी आमा अकालमै ज्यान गुमाउन बाध्य छन् । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय