मनमाेहन ठकुल्ला,सिलगढी
डाेटीमा ए.एच. एफ नेपालले बार्षिक समिक्षा कार्यक्रम गरिएकाे छ ।
जिल्ला सदरमुकाम अबस्थित स्वास्थ्य कार्यालय डाेटीमा सराेकालवालासँग एक ओैपचारिक कार्यक्रम गरी संस्थाले एचआईभी संक्रमणको उपचारका क्षेत्रमा गत आर्थिक वर्ष २०७९/८० काे प्रगति विवरण प्रस्तुत गरिएकाे हाे । वर्तमान समयमा डोटी जिल्लामा ४ सय ९२ जना एच.आई.भी. संक्रमितहरुले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेकाे संस्थाले जानकारी दिएकाे छ । ए.एच.एफ नेपाल जिल्लामा लामाे समयदेखि एचआईभी संक्रमितहरुको उपचारमा सहयोगका साथै यातायात खर्च, पोषण सहयोग, बालबालिकाहरुलाई शिक्षा र आय आर्जनमा समेत सहयोग गर्दै आएकाे छ । जिल्ला अस्पताल डोटीमा स्थापना गरिएको एआरटी सेन्टर मार्फत् जिल्लामा एचआइभी संक्रमितहरुको उपचार लगायतका बिषयमा कार्य गर्दै आएको छ । जिल्लामा संस्थाले गरेको कार्यको प्रगती विवरण प्रस्तुत ए.एच.एफ नेपाल सुदूरपश्चिम प्रदेश संयोजक माधव राज पन्तले गरेका थिए ।
जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीका अनुसार संस्थाले एचआईभी संक्रमणकाे क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएकाले सबै क्षेत्रबाट सहयाेग गर्नुपर्ने बताए । संस्थाकाे कार्यक्षेत्रलाई प्रभावकारी बनाउनमा सबैकाे दायित्व रहेकाे अध्यक्ष नेपालीले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिं खड्काका अनुसार नगरपालिकासँग समन्वय गरेमा सहयाेग गर्न तत्पर रहेकाे बताए । जिल्लाकाे ठूलाे अस्पताल रहेकाे हैसियतले पनि अस्पताल व्यवस्थापनले नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्नु पर्ने खड्काले बताए ।
उक्त समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय डाेटीका प्रमुख तथा कर्मचारी, जिल्ला अस्पताल डाेटीका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, पत्रकार, गैरसरकारी सरकारी संस्थाका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।











