सिलगढी / हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज( साेमबार) दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएकाे छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।











