बाजुरा / बाजुरा जिल्लाकाे बडमिालिका २ भौनेरा आसपास ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा गाैमलु गाउँपालिकाका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडिमालिका नगरपालिका २ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका नगरपालिका १ का ३५ वर्षीय चन्द्र बहादुर दानी र बडिमालिका २ की ३० वर्षीय किर्ति रोकाया हरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आइतवार साँझ ५ बजेतिर सदरमुकाम मार्तडीबाट घटमुना तर्फ जाँदै गरेको सु प्र प्र ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरको दुई ट्याक्टर नजिकै दुर्घटना भएका हुन् । ओभरट्याक गर्न खाेज्दा दुबै ट्याक्टर दुर्घटना भएका प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।











