बाजुरा /बाजुरा जिल्लाकाे बडमिालिका २ भौनेरा आसपास ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परेर हिक्मत रोकाया, देवराज जोशी, चन्द्र दानी र किट्टी रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक ४ जनाकाे ठेगाना भने खुल्न बाँकी रहेकाे छ ।
आइतवार साँझ ५ बजेतिर सदरमुकाम मार्तडीबाट घटमुना तर्फ जाँदै गरेको सु प्र प्र ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरको दुई ट्याक्टर नजिकै दुर्घटना भएका हुन् । ओभरट्याक गर्न खाेज्दा दुबै ट्याक्टर दुर्घटना भएका प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।
अहिले घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाकाे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।











