कैलाली / कैलालीकाे मोहनापुल–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली अनुसार दुर्घटनामा परी मोटरसाइकलका चालक र म्याजिकमा सवार यात्रुहरू घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
धनगढीबाट अत्तरिया तिर जाँदै गरेको सुपप्र ०१–००१ ज १२६८ नम्बरको म्याजिकले सु प प्र ०१००८ प १६३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।
घटनाबारे थप विवरण आउन बाँकी छ











