कञ्चनपुर/ कञ्चनपुरको दोधारा–चाँदनीमा अबस्थित एक विद्यालयबाट ९ वटा सिसिटिभी क्यामेरा चोरी भएका छन्।
शुक्रबार राति साेही ठाउँ भानु माद्यमिक विद्यालयबाट सिसिटिभी क्यामरा चोरी भएका विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
एक साताअघि एक र करिब दुई महिनाअघि थप एक थान ससिटिभी क्यामरा चोरी भएको खुल्न आएकाे छ । चोरी कार्यमा संलग्न तीन जनालाई सिसिटिभी फुटेजमा देखाएको छ।
साे विद्यालयले चोरीबारे प्रहरीमा निवेदन दिएको छ। यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ।











