कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
आइतवार बिहान जिल्लाकाे कलुवापुर स्थित पुर्ब पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुप प्र०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा साेही नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै उक्त दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाईते भएका मोटरसाईकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन्। बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।











