युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला सिलगढी / नेपाल एकीकरण हुनु पुर्वदेखी नै ऐतिहासिक युध्दकलाकाे पर्व भनी पहिचान बनाएकाे बागठाटाकाे भुवा पर्व सम्पन्न भएकाे छ ।

आधुनिक नेपाल निर्माण हुनु पुर्व नेपालमा रहेका बाईसेचाैविसे राज्यहरु मध्ये पश्चिमकाे डाेटी राज्यलाई शक्तिशाली राज्यकाे रुपमा लिईन्थ्याे । डाेटी राज्यलाई शक्तिशाली बनाई राख्ने युध्दकला प्रर्दशन तथा तालिमका लागि भुवा पर्व प्रचलितमा रहेकाे यसका जानकारहरु बताउन्छन् ।

विरताकाे गाथा सहित तरवार नचाउदै युध्दकलाका अनेकाै तर्किपहरु भुवा नाचका क्रममा प्रस्तुत हुने गर्दछ । यसै क्रममा डाेटीकाे दिपायल सिलगढी नगरपालिका ५ बागठाटामा भुवा मेला शनिवार सम्पन्न भएकाे हाे ।

प्रत्येक वर्ष मंसिर ओैसीकाे दिनमा जगाउने भुवा पर्व यस वर्ष पनि मंसिर २६ गते ओैसीकाे दिन जगाएर आज ३० गते चन्के नचाएर गाेधुलीमा सम्पन्न भएकाे हाे । भुवा जगाउनु भन्दा पहिले भगवतीका हतियार ( तरवार ) चाेखाे पारेर खेल्ने गरीन्छ ।

डाेटेली राजाकाे पाला अर्थात् परापूर्वकालदेखि धाेति र स्टकाेट पहिनेर हातमा भगवतीकाे हतियार ( तरवार) समाते भुवा खेल्दै आएकाे स्थानीय दिलबहादुर काेलिले बताए । भुवा खेल्दा भुत प्रेतले बाधा नगर्ने र पृथ्वीमा भएका दुष्ट मनुष्य ( मानव) जातिहरूकाे पनि नष्ट हुने जनविश्वास रहेकाे काेलीले बताए ।

परापूर्वकालमा हिन्दु र मुस्लिम समुदायकाे लडाइँ हुँदा मुस्लिमले हिन्दुलाई काटमार गरेपछि लडाइँ तथा हिन्दुले आफ्नाे सुरक्षाको निमित्त भुवा पर्व खेल्दै (लडाइँकाे तयारी ) आएकाे अर्का स्थानीय टेक बहादुर भण्डारीले बताए । भु काे अर्थ भूमि र वा काे अर्थ पुज्नु तथा समग्रमा भूमि पुजेर खानु भन्ने जनविश्वास रहेकाे उनले बताएका छन् । गाउँले भुवा पर्व पुजेर खाँदा कुनै पनि किसिमकाे विपत्ति आइ नपर्ने जनबिश्वास रहेकाे भण्डारीले बताए ।

उनले भने ” भुवाले तरवार समाएर लड्न सिकाउछ, भगवती माताले शान्ति प्रकट गर्ने बताए । भुवा आफैमा उत्साहित पर्व हाे त्यसैमा तरेवार चलाउन अर्थात् ( भण्डारी ) युद्ध कलामा माहिर बनाउने उनले एक किसिमकाे तयारी रहेकाे उनले बताएका छन् ।

बागठाँटामा त्यहाँका भण्डारी जातिकाे पूर्खेली थलाे रहेकाले प्रत्येक वर्ष उक्त क्षेत्रमा भुवा पर्व मनाइन्छ । दमाउ लगायत अन्यबाजाकाे तालमा नाचिने भुवा पूजाले मनमा शान्ति र शक्ति पैदा गर्ने स्थानीयकाे भनाइ रहेकाे छ ।

डोटी राज्य मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली राज्य हाे । डोटेली राजा भूपति शाहीको ( गनैरा गाैडा ) शासनकाल देखि चल्दै आएकाे उक्त पर्व वर्तमान समयमा लाेप हुन थालेकाे छ । उहिले नेपाली पाेशाकमा सजिएर खेलिने भुवा पर्वकाे वर्तमान समयमा आइपुग्दा राैनक हराउदै गएकाे छ ।

भुवा पर्वकाे जगेर्ना गर्न स्थानीय सरकारले केही चाँसाे देखाइदिए जगेर्ना हुँदै जाने मेलामा सहभागीहरूकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय