मनमाेेहन ठकुल्ला सिलगढी/ डोटी जिल्लाकाे पूर्विचौकी गाउँपालिकाका वडा २ का बासिन्दालाई डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र सम्बन्धी जानकारी गराइएको छ ।
जियाे कृषि र पूर्विचौकी गाउँपालिकाे साझेदारीमा गाउँपालिकाका कृषि सहकारी संस्थाका सेयर सदस्य, कृषक समूहका सदस्य, आमा समूहका सदस्य, कृर्षी तथा पशुपक्षी फर्म र अगुवा कृषकहरूलाई डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धी जानकारी गराइएको हाे ।
वडा न २ काे बगलेक, कुडासैन, वाडी,टेउटे लगायतका क्षेत्रमा विभिन्न समयमा गाउँपालिका र जियाे कृषिको साझेदारीमा २०० जना कृषकलाई कृषि सम्बन्धी जानकारी दिएकाे गाउँपालिकाले जानकारी दिएकाे छ । कृषि बाली तथा पशुपालनमा देखिने समस्याको कम लागतमा सजिलै समाधान गर्न सक्ने भएकाले प्राविधिक ज्ञान दिइन थालिएको छ। गाउँपालिकाका अनुसार स्थानीय तहमा रहेको कृषि परामर्श सेवा केन्द्र मार्फत कृषकहरूलाई सही समयमा कृषि सम्बन्धी आवश्यक जानकारी दिने उद्देश्यले गाउँपालिकामा यस्ता कार्यक्रम भइरहेकाे हाे ।
जियाे कृषीका राजेश काेलीका अनुसार मौसम सम्बन्धी सही सूचना कसरी प्राप्त गर्ने, किसाने उत्पादन गरेका उपजलाइ कसरी बजारीकरण गर्ने र कृषि उपजको उत्पादन कसरी बढाउने लगायतको कृषि सम्बन्धी सम्पूर्ण जाँनकारी दिँदा स्थानीयले खुसी व्यक्त गरेका छन् ।
याे भन्दा पहिले गाउँपालिका भित्रका विभिन्न वडाहरूमा १ हजार कृषकलाई जियाे कृषि सम्बन्धी जानकारी गराइएको थियाे ।











