मनमाेहन ठकुल्ला सिलगढी,
एकीकृत सामुदायिक विकास परियाेजनाकाे जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ ।
गुड नेभर्स इन्टरनेशनल नेपाल, सामुदायिक विकास मञ्च ( सिडिएफ ) नेपाल र सामुदायिक विकास केन्द्र ( सिडिसी) डाेटीद्वारा सञ्चालित ‘ एकीकृत सामुदायिक विकास परियाेजनाकाे बैठक सराेकारवालासँग शुक्रबार एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी सम्पन्न भएकाे हाे ।
संयुक्त साझेदारीमा सञ्चालित परियाेजनामार्फत संस्थाले गत वर्षदेखि हालसम्म परियाेजना लागू भएका क्षेत्रमा गरिएका सम्पूर्ण कार्यक्रमकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । संस्थाले परियाेजना मार्फत सामाजिक तथा शिक्षा क्षेत्रमा १ कराेड ७ लाख ८२ हजार १ सय ७३ बजेट खर्च गरेकाे प्रतिवेदनमा प्रस्तुत गरिएकाे छ ।
एकीकृत सामुदायिक विकास परियाेजना कार्यक्रम शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, पूर्वीचाैकी गाउँपालिका गरी जिल्लाका ३ वटा स्थानीय तहमा लागू गरिएकाे छ । उक्त परियोजना मार्फत संस्थाले स्पाेन्सरसिप सर्भिस र बाल संरक्षण, विद्यालय शिक्षा, समुदायमा शिक्षकसँगै अभिभावक शिक्षा, अभिभावकद्वारा कक्षामा कथा बाचन, पढाइ मेला तथा शैक्षिक प्रदर्शनी, शिक्षक कम्प्युटर मर्मत तालिम, विद्यालय खानेपानी, स्वास्थ ल्याव सेवा, बालभेला, खाेप भण्डार लगाएतका कार्यक्रम सम्पन्न गरिसकेकाे कार्यक्रम संयाेजक यकराज बडुले बताए
त्यस्तै सराेकारवालासँग २०२४ प्रस्तावित कार्यक्रमहरू शैक्षिक सामाग्री वितरण, उच्च शिक्षा सहयाेग, समुदाय अभिभावक शिक्षा, विद्यालय भवन निर्माण तथा मर्मत लगायतका अन्य कार्यक्रमकाे याेजना बनाएकाे कार्यक्रम संयाेजक बडुले बताए ।
संस्थाले परियाेजना मार्फत स्थानीय स्थरमा अहम भूमिका खेलेपनि स्थानीय तहले शिक्षा क्षेत्रमा भएका बेथिति हटाउन नसकेको कार्यक्रममा सहभागी व्यक्तिहरूकाे गुनासाे रहेकाे छ ।
सम्बन्धित सराेकारवाला व्यक्तिहरूले शिक्षा क्षेत्रमा अनुगमन नगर्दा सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर खस्कदै गएकाे सहभागी प्रतिनिधिहरूकाे भनाइ रहेकाे छ । विद्यालयमा राजनीतिक दाउपेचले गर्दा संघसंस्थाहरूले गरेका कामहरूकाे प्रभावकारीकाे सट्टा शिक्षा क्षेत्रमा झन सुस्ताएकाे समन्वय सदस्यहरूले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति लक्षण बहादुर सिहका अनुसार ‘संघसंस्थाले बचाएकाे देश’ मा संघसंस्थाले सहयाेग गर्दै गएपनि स्थानीय तहकाे निगरानीका कारण शिक्षा क्षेत्र खस्कदै गएकाे बताए । निजी विद्यालय तिर अग्रसर हुने प्रवृत्तिले सामुदायिक विद्यालयमा विद्यार्थीकाे संख्या घट्दै गएकाे र निजी विद्यालयका बिचाैलियाहरूकाे व्यापार फस्टाएको प्रमुख सिहले बताए । शिक्षककाे कारणले विद्यालयमा शिक्षाकाे स्थर खस्कदैँ गएकाले यसकाे समाधान गर्न स्थानीय तहले साेच्नु पर्ने बताए ।
कार्यक्रममा बाेल्दै उहाँले भने ‘ जिल्लाका स्थानीय तह कछुवाकाे तालले हिँड्ने प्रवृत्तिले भएन ‘ स्थानीय तहकाे कम्जोरीले ‘कृषि लटरम्म फलेपनि कृषकले निरास हुनु परेकाे छ ।’ त्याे समस्या समाधान गर्न कृषकलाई खरिदबिक्री गर्ने व्यवस्था सम्बन्धित स्थानीयतहले मिलाइदिनु पर्ने बताए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सम्पूर्ण सदस्य, शिक्षा विकास तथा समन्वय ईकाइ, दिपायल सिलगढी नगरपालिका कृषि शाखा प्रमुख, शिखर नगरपालिका प्रमुख, पूर्वीचाैकी गाउँपालिका उपाध्यक्ष, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेकाे थियाे ।











