कैलाली / कैलालीको धनगढी उप–महानगरपालिका–७ काे एक घरमा आगलागी भएको छ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार बिहीबार दिउँसो मनेहराका गजेन्द्रबहादुर बमको एक तले पक्कि घरमा विद्युतको तार सर्ट भर्ई आगलागी भएको हो।
आगलागी हुँदा घरभित्र रहेका काठको कुर्सी, खाट,लत्ताकपडा लगायतका सामानहरु जलेर नष्ट भएको छ। आगलागी बाट अन्दाजी आठ लाख बराबरको क्षति भएको जनाएको छ।
आगलागीलाई प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको हाे । घटनाबारे थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ ।











