मनमाेहन ठकुल्ला सिलगढी,
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ प्रकाशनको लागि बार्षिक पूर्व समिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
बिहीबार सिलगढी अबस्थित पुरानाे रेडक्रसकाे भवनमा सराेकारवालासँग एक कार्यक्रमकाे आयाेजना गरी पूर्व समिक्षा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे ।
अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डाेटीले जिल्लामा घटेका मानब अधिकार सम्बन्धी सम्पूर्ण घटनाहरुलाई प्रकाशन गर्दै आएको पुस्तक यस वर्ष पनि निकाल्ने तयारी रहेकाे संस्थाले जानकारी दिएकाे छ ।
मानब अधिकार रक्षक जिल्ला संयोजक नबराज जोसीका अनुसार यस वर्ष प्रकाशन गर्ने तयारी पुस्तकमा २९ वटा मिलापत्र गरेरका घरेलु हिंसाका घटना रहेका छन् भने ५ वटा महिला हिंसाका घटना रहेका छन् । त्यस्तै २ वटा बाल याैन दुर्ववहारका घटना मिलापत्र गरिएका छन् भने २ घटना बलात्कारका घटना प्रहरी र अदालतबाट मिलापत्र गरिएका छन् ।
उक्त कार्यक्रममा महिला सुरक्षाकर्मी,अधिकारकर्मी र जिल्लामा क्रियाशील पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।











