कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेकाे एक घरमा आगलागी भएकाे छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय मोहनराज भट्टको ३ तले पक्कि घरको बिच तलामा बिजुलीको लाईन सट भई आगलागी भएको जनाएको छ । घर काेठामा आगलागी हुँदा कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएका छन् ।
आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको हाे । घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरी स्राेतकाे भनाइ छ ।











