मनमाेहन ठकुल्ला, सिलगढी
उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएस बिएम ) डाेटीले १५ ओै वार्षिक साधारणसभा गरेकाे छ ।
बुधबार लुथरन विश्व फेडेरेसन र इएलसिएकाे आर्थिक सहयाेगमा एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी सिलगढीमा साधारणसभा सम्पन्न गरिएकाे छ ।
संस्थाले साधारणसभामा गत आर्थिक वर्ष २०७९/ ०८० काे सम्पूर्ण सामाजिक, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएकाे हाे । आर्थिक वर्षकाे १ वर्ष भित्र संस्थाले १ कराेड ३२ लाख ५० हजार आमदानी गरेकाे छ । जसमा संस्थाले विभिन्न परियाेजना मार्फत् सामाजिक क्षेत्रमा १ कराेड २८ लाख ४३ हजार ४ सय ४३ खर्च गरेकाे छ ।
सबै कार्यसमिति र समुदायमा निर्मित समुह प्रभावकारी ढंगले अगाडि बढाइ संस्था र समाजकाे हितकाे लागि संस्थालाई अगाडि बढाउनु पर्ने अन्य कार्यसमिति सदस्यहरूकाे भनाइ रहेकाे छ ।
त्यस्तै कार्यसमिति मार्फत आगामी दिनहरूमा विविध कार्यक्रमका निर्णयमाथि विभिन्न कार्ययोजना बनाइ प्रस्तावना पेस गरिएकाे उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चका प्रमुख भक्तराज उपाध्यायले बताए । परियाेजना मार्फत समाजिक काम अगाडि बढाउदा विगतमा प्रभावकारी भएकाे बताए । लक्ष्यित समुदायमा संस्थाले स्थानीय सरकारसँग समन्वय गरेर अहम् भूमिका खेलेकाे उपाध्यायले बताएका छन् ।
संस्थले विगतदेखि क्षमता अभिवृद्धि र संस्थागत विकास, जलवायु अनुकुलन तथा प्रकोप व्यवस्थापन,अधिकारका लागि वकालत, दिगो जीविकोपार्जन, स्वास्थ्य, स्वच्छ खानेपानी तथा सरसफाई,आयआर्जन, शिक्षा, मानव अधिकार तथा शान्ति प्रवद्वधन , कोचिड १९ प्रभावित समुदायको आर्थिक पुर्नउत्थान लगायतका क्षेत्रमा परियाेजना मार्फत काम गर्दै युएसएसबिएम डाेटीले जानकारी दिएकाे छ ।
उक्त साधारणसभामा संस्थागत कार्यसमिति सदस्य लगायत सम्पूर्ण पदाधिकारीहरूकाे सहभागीता रहेकाे थियाे ।











