बझाङ / बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिका वडा नं ४ को आमरुखमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएकाे छ ।
विशेष सुचनाको आधारमा गएराति प्रहरीले केदारस्युँ गाउँपालिका-९ का २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही पालिका-८ का २८ वर्षीय सुनिल बोहरालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनीहरू सवार सुदुपश्चिम प्रदेश ०१-००९ प १४४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ६ केजी ६० ग्राम लागूऔषध सहित २ पक्राउ गरिएकाे हाे । पक्राउ परेका दुबै जनाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्राेतले जनाएको छ । उनीहरू दुबै जनालाई भोली सार्वजनिक गर्ने तयारी रहेको छ ।











