मनमाेहन ठकुल्ला सिलगढी / डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा न २ टेउटे टाेलमा विद्युतका पाेलहरू गाडेकाे २ वर्षसम्म पनि बिजुली बत्ती पुगेकाे छैन् ।
बिजुली आउने भन्दै घर वाइरिङ गरेर हौसिएका स्थानीय २ वर्षसम्म पनि बिजुली नबल्दा निराश बनेका छन्। विद्युतकाे लाइन टेउटे टाेल हुँदै गएपनि करिव पन्ध्र घरपरिवार अन्धकारमा रात काट्न बाध्य भएकाे स्थानीय बिबेक ठकुल्लाले बताए ।
स्थानीय जनप्रतिनिधि र विभिन्न दलका नेता र कार्यकर्तालाई गुहार माग्दा भाेलीभाेली भन्दै आश्वासन दिएर झुक्याउने काम गरेकाे विबेकले बताएका छन् । वडा अध्यक्षलाई त्यसकाे विषयमा विगत २ वर्षदेखि जानकारी गराउदा पनि विभिन्न बाहाना गर्दै पटकपटक झुक्याउने गरेकाे उनले बताए ।
टाेलमा बिजुली बत्ती नहुँदा करिव आधा घण्टाकाे बाटाे हिँडेर माेबाइल तथा अन्य विद्युतीय सामाग्री चार्ज गर्न जानू परेकाे अर्का स्थानीय खेम ठकुल्लाे बताए । विद्युत प्रसारण लाइन टेउटे हुँदै गएपनि शाखा लाइन आफूहरूलाई नदिएकाे गुनासाे खेमले पाेखेका छन् । टाेलमा शाखा लाइनका विद्युतिय तार लाइन फिजिएकाे भएपनि मेनलाइनबाट करिब पाँच सय विद्युतिय तार नहुँदा अहिलेसम्म विद्युत बल्न सकेकाे छैन् ।
वडा अध्यक्ष याेगेन्द्र ठकुल्लाका अनुसार याे वर्ष टेन्डर भैसकेको र विगतमा वडासँग आर्थिक स्राेत नभएकाे बताए । गतवर्ष विद्युत प्राधिकरणसँग बुझ्दा तार छैन भनेर आफूलाई भने अध्यक्ष ठकुल्लाले बताए ।
विद्युत वितरण केन्द्र दिपायलका प्रमुख शिवशंकर साेनीका अनुसार आफूलाई त्याे विषयमा थाहा नभएकाे र कसैले पनि प्रत्यक्ष समन्वय नगरेकाे बताए । उनले भने कुन ठेक्का हाे र त्याे ठेक्का कसरी पास भयाे भन्ने कुरा आफूलाई पनि थाहा नभएकाे जिकिर गरेका छन् ।
हामिले ठेकेदारलाई बारम्बार फाेन गर्दा पनि ठेकेदारकाे फाेन उठेन ।












