युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला,डाेटी
डाेटीमा लागुओैषध (खैराे हेराेईन) सहित अछामका एक जिप चालकलाई प्रहरीले पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा अछाम जिल्लाकाे साफेबगर नगरपालिका वडा नं. ७ बस्ने २० वर्षीय बिशाल के.सी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

के.सीलाई आज (मंगलबार ) करिव ३ बजेकाे समयमा जिल्लाकाे शिखर नगरपालिका वडा नं. ३ कालागाड स्थित पुलबाट पक्राउ गरिएकाे हाे ।

उनले चलाएको से. १ ज. ७६१ नम्बरको महेन्द्रा बोलेरो जिप कालागाड स्थित पुलको दाहिने तर्फको बिममा ठाेक्किएर दुर्घटना ग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिएकाे छ । उक्त दुर्घटना ग्रस्त जिप र चालकको उद्दार गर्नको लागी जिपको ढोका खोली भित्र हेर्दा चालक के. सी. चालकको पछाडी सिटमा बसी लागू औषध (खैरो हेरोइन) जस्सो खैरो धुलो पदार्थ सेवन गरी रहेको भेटिएको प्रहरी नायब निरीक्षक नेगीले जानकारी दिएकाे छ । के.सी नशाको सुरमा रहेको पाएकाे छ ।

उक्त जिबमा खाेजि तलासी गर्दा ४.४१ (चार थोप्लो एकचालीस) ग्राम लागु औषध (खैरो हेरोईन), खोलेको अवस्थाको खुकुरी चुरोटको डिब्बा थान १, सुजलगुम लेखिएका सिल्भर पेपरहरु ४ थान, जलेको अवस्थाको नेपाली रु.१० को नोट १, लाईटरहरु २ र ब्लेडको टुक्रा १ समेत फेला पारी बरामद गरिएकाे छ ।

साथै जिल्ला अदालत डोटीबाट लागु औषध (खेरो हेरोईन) मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय